सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

4410
Shares
ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कपिलवस्तु, माघ २ः जिल्लाको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नम्बरको ट्रकले गएराति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । तराईमा बाक्लो हुस्सु लागेकाले गति सीमित गरी सवारी चलाउनसमेत उनले आग्रह गरेका छन् ।

उनले दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताए । रासस

4410
Shares

ट्रेन्डिङ