सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • कोरोना खोप अभावपछि युरोपमा खोप अभियान नै स्थगित

कोरोना खोप अभावपछि युरोपमा खोप अभियान नै स्थगित

7905
Shares
कोरोना खोप अभावपछि युरोपमा खोप अभियान नै स्थगित

बर्लिन, माघ ११ः युरोपका विभिन्न मुलुकमा कोरोनाको खोप अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनेकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ ।

युरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो । अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनेकाको खोपलाई हालसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन ।

संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ । यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ ।

म्याड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिनसमेत बन्द गरिएको छ । गत साता फाइजरले आगामी केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो। ईयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो ।

उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ । इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन्। युरोपेली आयोगले पनि स्वीकृत भइसकेका कोरोनाभाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।

ईयूले हालसम्म स्वीकृति नदिए पनि हंगेरीले धेरै मात्रामा रुसको स्पुत्निक पाचौं खोप किन्ने जनाएको छ। हंगेरीले चीनको सिनोफार्मको खोप किन्न पनि सम्झौता गरेको छ । रासस

7905
Shares

ट्रेन्डिङ