सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • संसदीय दलमा बहुमत रहेको दुवै समूहको दाबी

संसदीय दलमा बहुमत रहेको दुवै समूहको दाबी

5015
Shares
संसदीय दलमा बहुमत रहेको दुवै समूहको दाबी

काठमाडौं, फाल्गुन २३ः नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूह र ओली समूह दुवै पक्षले आ–आफ्नो पक्षमा बहुमत सांसद रहेको दाबी गरेका छन् । शुक्रबार सम्पन्न प्रचण्ड–नेपाल समूहको संसदीय दलमा १ सय १५ जना सांसद रहेको दाबी गरेसँग ओली समूहले पनि आफ्नो पक्षमा १ सय १५ जना सांसद पुगेको दाबी गरेको हो ।

नेकपाभित्र प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २ सय २० सांसद रहेका छन्, जसमा बहुमतका लागि १ सय ११ जना सांसदको खाँचो पर्छ । संसदीय दलमा दुवै समूहले बहुमतको दाबी गरे पनि हस्ताक्षरसहितको नामावली दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले शुक्रबार सम्पन्न संसदीय दलको बैठकमा १ सय १३ जना सांसदले हस्ताक्षर गरेको बताउँदै बाँकी तीन जनाले अझै हस्ताक्षर गर्ने बताए । यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।

 

5015
Shares

ट्रेन्डिङ