सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आजदेखि सर्वोच्च अदालतले सेवा कटौती गर्ने

आजदेखि सर्वोच्च अदालतले सेवा कटौती गर्ने

3850
Shares
आजदेखि सर्वोच्च अदालतले सेवा कटौती गर्ने

काठमाडौं, १५ वैशाख । सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ ।

सर्वोच्चको मंगलबार बसेको प्रधानन्यायाधीशसहितको पूर्ण बैठकले बैशाख पन्ध्रदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो ।

संक्रमण अवधिभर बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका रिट मात्र हेरिने सर्वोच्चले जनाएको छ । रासस

3850
Shares

ट्रेन्डिङ