सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

5430
Shares
चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं,असोज १;सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ।नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ। निगमको वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।

स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए। जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो। अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आएको र थप खोप पनि ल्याउन कुराकानी भइरहेको छ।

-सेतोपाटी

5430
Shares

ट्रेन्डिङ