सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवाले गरे छलफल

क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवाले गरे छलफल

5515
Shares
क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवाले गरे छलफल

काठमाडौं , असोज १ ;क्रियाशील सदस्यतासम्बन्धी देखिएका विवाद समाधान गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन्।प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आज बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायतसँग छलफल गरेको स्रोतले जनाएको छ।

प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा कांग्रेस क्रियाशील सदस्यताबारे विवाद छ। असोज ५ का लागि वडा अधिवेशन तोकिए पनि विवाद समाधान हुन नसकेपछि अन्यौल छ।

प्रदेश नम्बर २ का केही जिल्लामा विवाद समाधान भए पनि निर्वाचन समितिले भने एकैपटक सबै जिल्लाको नामावली सार्वजनिक गर्ने बताइरहेको छ।
सभापति देउवाले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न नेताहरूसँग छलफल गरेका हुन्।

-सेतोपाटी

5515
Shares

ट्रेन्डिङ