सबैको समाचार
सोमवार, अशोज २१, २०८१
  • होमपेज
  • भोलिदेखि दसैँ तिहारका लागि नयाँ नोट

भोलिदेखि दसैँ तिहारका लागि नयाँ नोट

4545
Shares
भोलिदेखि दसैँ तिहारका लागि नयाँ नोट

काठमाडौं,असार ३;भोलि (असोज ४) गतेदेखि दसैं/तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयबाट नयाँ नोट वितरण हुन्छ ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउँनेछन् । यो वर्षको दसैं तिहारका लागि केन्द्रीय बैंकले करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने बताएको छ ।

-रातोपाटी

4545
Shares

ट्रेन्डिङ