सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मधेशी मोर्चाका नेतालाई प्रधानमन्त्रीले सोधे- संशोधन आउँदा विक्तिकै विरोध किन गर्छौ ?

मधेशी मोर्चाका नेतालाई प्रधानमन्त्रीले सोधे- संशोधन आउँदा विक्तिकै विरोध किन गर्छौ ?

16365
Shares
मधेशी मोर्चाका नेतालाई प्रधानमन्त्रीले सोधे- संशोधन आउँदा विक्तिकै विरोध किन गर्छौ ?

मंसिर १६, काठमाडौं । –सरकारले संशोधन प्रस्ताव दर्ता गराएलगत्तै मधेशी मोर्चाले विरोध गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो पहलमा विहिवार बालुवाटारमा बोलाएको सत्तारुढ दल र मधेशी मोर्चावीचको वैठकमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन् ।
pm-morcha-congress-e1480567785672सरकारले मंगलवार प्रस्ताव दर्ता गराएको अर्कोदिन पहिला संघीय समाजवादी पार्टी र त्यसपछि मधेशी मोर्चाले भिन्दाभिन्दै विज्ञप्ती निकालेर सरकारको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका थिए । मोर्चाका नेताहरुले यही खालको प्रतिक्रिया दिएका थिए । त्यसपछि विहिवार प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारी निवास वालुवाटारमा मधेशी मोर्चाका नेताहरुसँग वैठक बोलाएका थिए ।
वैठकमा सहभागी भए नेताका अनुसार, वैठक शुरु भएपछि प्रधानमन्त्रीले आफ्नो धारणा राख्दै भनेका थिए,

–संशोधन आउँदाविक्तिकै विरोध गर्ने ? के यो संसोधन प्रस्तावमा तपाईंहरुको केही माग पनि पुरा भएको छैन ? विरोध गर्ने पनि तरिका हुन्छ ?
–यदि तपाईंहरुका माग पुरा भएका छैनन् भने तपाईहरुले नै अभिव्यक्ति दिन थाल्नुभयो भने यो प्रस्ताव अगाडि बढाएको औचित्य के हुन्छ र ?
–बरु केही कुरा तपाईंहरुलाई चिक्त बुझेको छैन भने, यसमा संशोधन प्रस्ताव दर्ता गराउन सकिन्छ । यसमा पनि छलफल गर्न सकिन्छ, राख्न मिल्ने र सकिने कुा थपघटन गर्न सकिन्छ ।

 
त्यसपछि मधेशी मोर्चाका नेताहरुले आफुहरुले उठाएका माग प्रस्तावले सम्बोधन नगरेपछि विरोध गरेको जनाएका थिए । मधेशी मोर्चाका नेताहरुले मधेशका थप मागहरु सम्बोधन हुने गरी संशोधन प्रस्तावमा परिमार्जन गर्न आग्रह गरेका थिए ।

16365
Shares

ट्रेन्डिङ