सबैको समाचार
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा नदिए गलहत्याउने माओवादी नेताको धम्की

बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा नदिए गलहत्याउने माओवादी नेताको धम्की

4535
Shares
बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा नदिए गलहत्याउने माओवादी नेताको धम्की

बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले संसदमा एमालेले दम्भ देखाएकोले ‘गलहत्याउन पर्ने हो ?’ भन्दै प्रश्न गरेका छन् ।

केपी ओली प्रवृत्ति प्रदेश सभामा देखिएको जनाउँदै उनले एमालेले विधि अनुसार नचलेर दादागिरी देखाएको आरोप लगाए । ‘सरकारले विश्वासको मत लिनुपर्ने ठाउँ संसद छोड्ने धम्की दिनु कस्तो हो ?,’ उनले एमालेलाई प्रश्न गरे ।

उनले आगामी प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले गर्ने बताए । उनले गठबन्धनबाट मुख्यमन्त्री पाण्डे बन्ने औपचारिक जानकारी संसदलाई गराएका हुन् ।

सभामुखले प्रमुख प्रतिपक्ष दलका नेतालाई बोल्न दिएको समयमा उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका मुख्य सचेतक दिपक निरौलाले प्रदेश सभाको बैठक सार्ने दिएको पत्रबारे चर्को विरोध गरेका छन् । उनले नेकपा एमालेले प्रदेश सभाको अपमान गरेको बताए ।

मुख्यमन्त्रीको राजीनामा माग
बैठकमा बोल्दै जमरकट्टेलले टसल र मुठभेड तर्फ नलगी मुख्यमन्त्री शाक्यले सहज ढंगले राजीनामा दिनुपर्ने बताए । उनले राजीनामा नदिए फेरी जर्बजस्ती प्रदेश प्रमुखकोमा गएर बहुमत पु¥याउनुपर्ने बताए ।

उनले गठबन्धन ख्याल ख्यालमा नबनेको भन्दै केपी ओलीको ध्रुवीकरणको विरुद्धमा र संविधानको पक्षमा बनेको बताए ।

4535
Shares

ट्रेन्डिङ