सबैको समाचार
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • पत्रकारलाई लोप्पा खुवाउने इटहरीका मेयरले दिए माधव नेपाललाई लन्च पार्टी

पत्रकारलाई लोप्पा खुवाउने इटहरीका मेयरले दिए माधव नेपाललाई लन्च पार्टी

5355
Shares
पत्रकारलाई लोप्पा खुवाउने इटहरीका मेयरले दिए माधव नेपाललाई लन्च पार्टी

काठमाडौं । प्रश्न सोध्दा ‘नाक भाँच्न १ करोड छुट्याएको’ भन्दै पत्रकारलाई लोप्पा खुवाउने नेकपा एमालेका नेता एवं इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको टिमलाई लन्च पार्टी दिएका छन् ।

शुक्रबार अध्यक्ष नेपाल, प्रदेश नम्बर १ का नयाँ मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतको टिमलाई इटहरी लबिपुर निवासमा बोलाएर मेयर चौधरीले लन्च दिएका हुन् । मटन, चिकन र माछालगायत विभिन्न परिकार बनाएर अध्यक्ष नेपालको टिमलाई सत्कार गरेका चौधरीले एमाले सुनसरीको नेतृत्वबारे पनि गुनासो पोखेका थिए ।

लन्च पार्टीमा वर्षाको समयमा उपमहानगरभित्र देखिँदै आएको बाढीको समस्यालगायत पूर्वाधार विकासको समस्याबारे पनि आफ्ना कुराहरु राखेका थिए ।
दुई दिनअघि सम्पन्न भएको एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा अध्यक्षता विषयमा विवाद बढ्दा मेयर चौधरीले माइक खोसेर थर्काएका थिए ।

उनले पार्टी विधि, पद्धतिअनुसार नचलेको भन्दै माइक खोसेर अध्यक्षतामा वि वा द गर्ने रेवती भण्डारी र रमेश बस्नेतलाई झपारेका थिए । त्यसलगत्तै शुक्रबार भएको लन्च पार्टीको भेटले मेयर चौधरी एमाले छाडेर माधव नेपाल नेतृत्वको पार्टीमा प्रवेश गर्न लागेको हल्ला छ ।

त्यसो त समाजवादीको इटहरी नगर कमिटीको फेसबुक पेजमा मेयर चौधरी र इटहरी उपमहानगरपालिका ४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने संकेत देखाएको छ ।

केही वर्षअघि पत्रकार विराट अनुपमले मेयर चौधरीमाथि प्रश्न सोध्दा ‘ तिम्रो नाकको हड्डी भाँच्छु अनि मात्र मलाई शान्ति हुन्छ’ भन्दै धम्क्याएका थिए । त्यसपछि मेयर चौधरी थप विवादमा तानिएका थिए ।

5355
Shares

ट्रेन्डिङ