सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • देशका धेरै ठाउँमा रातिदेखि वर्षा

देशका धेरै ठाउँमा रातिदेखि वर्षा

405
Shares
देशका धेरै ठाउँमा रातिदेखि वर्षा

काठमाडौं । देशका अधिकांश भागमा मनसुन सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर छ भने पश्चिममा सरदरभन्दा केही उत्तरतिर अर्थात् नेपालतिर छ।

जसका प्रभावले केही स्थानमा भारी वर्षाको सम्भावना छ। अहिले बिहान देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ।

पछिल्लो २४ घन्टामा धेरै केन्द्रका सय मिलिमिटर भन्दा बढी पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नवलपरासीको बर्दघाटमा १७०.२ मिलिमिटर वर्षा भएको छ। कैलालीको चिसापानीमा १६६ मिलिमिटर पानी परेको छ। पर्वतको सिर्कोनमा १३५, गुल्मीको मुसिकोटमा १३७.४, चितवनको नारायणी फिल्ड अफिसमा ११५.२, चितवनको कल्याणपुरमा ८०.८, नवलपरासीको दुम्कौलीमा ८४.४, संखुवासभाको खाँदबारीमा १२२.८ मिलिमिटर वर्षा भएको छ।

बिहीबार कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाड र मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भु–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

405
Shares

ट्रेन्डिङ