सबैको समाचार
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • सुनसहित भारतीय नागरिक पक्राउ

सुनसहित भारतीय नागरिक पक्राउ

6330
Shares
सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं ,पुष , १५ ,   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार बिहान दुबईबाट आएका भारतीय नागरिक सुनिल हरिरामलाई सुनसहित पक्राउ गरिएको हो।

उनी भारतको महाराष्ट्रस्थित ठाणेका बासिन्दा रहेको प्रहरीले जनाएको छ। सुरक्षा जाँचका क्रममा उनीसँग रहेको पाँच सय ग्राम सुन प्रहरीले बरामद गरेको छ।

लुकाएर राखेको सुन एक्स–रे गर्ने क्रममा भेटिएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

6330
Shares

ट्रेन्डिङ