सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • कतैनभेटिएकाे मजा एक्लाेपनमा आउँछ – गजल

कतैनभेटिएकाे मजा एक्लाेपनमा आउँछ – गजल

16425
Shares
कतैनभेटिएकाे मजा एक्लाेपनमा आउँछ – गजल

कतै नभेटिएकाे मजा एक्लाेपनमा आउँछ ।
साेच्दै नसाेचेकाे कुरा पनि मनमा आउँछ ।।

के छ र सर्लक्कै आकाश पाताल जाेडिदेऊ ।
जाेश जाँगर भएभरकाे जम्मै याैवनमा आउँछ ।।

सायद यही भएर साेचेका कुरा पूरा हुँदैन।
मान्छे जन्मिदै अर्काकाे खटनमा आउँछ ।।

मन परेकाे मान्छे आँखामा राख्दा बिझाउँदैन ।
फेरि उही मान्छे धड्किन धड्कनमा आउँछ ।।

पक्कै जिन्दगीभर् खुशी हुन्छ सुखी हुन्छ ।
जुन् मान्छे छहारी लाग्न मेराे जीवनमा अाउँछ ।।

एउटा बुलन्द आवाज
थाक्रे २, धादिङ

16425
Shares

ट्रेन्डिङ