सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • घरेलु मैदानमा लिभरपुल बर्नलीसँग पराजित

घरेलु मैदानमा लिभरपुल बर्नलीसँग पराजित

7685
Shares
घरेलु मैदानमा लिभरपुल बर्नलीसँग पराजित

काठमाडौं, माघ ९ः इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ। गएराति सम्पन्न खेलमा लिभरपुललाई बर्नलीले १–० गोल अन्तरले पराजित गरेको हो ।

बर्नलीको जितमा एशले बार्नेजले खेलको ८३औ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । घरेलु मैदानमा लिभरपुल २०१७ को अप्रिलपछि पहिलो पटक हार बेहोरेको हो । यो हारपछि लिभरपुल शिर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले पछाडी परेको छ ।

लिभरपुलको १९ खेलमा ३४ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै बर्नलीको भने १८ खेलमा १९ अंक रहेको छ र लिगमा १६औ स्थानमा छ । एजेन्सी

 

7685
Shares

ट्रेन्डिङ