सबैको समाचार
बुधबार, असार ५, २०८१
  • होमपेज
  • चार किलो सुन र चार किलो चाँदी चोरी

चार किलो सुन र चार किलो चाँदी चोरी

2610
Shares
चार किलो सुन र चार किलो चाँदी चोरी

भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ ।  सो पसल विकास बर्माको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पीडितले पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात लाख नगद र सिसी क्यामराको डिभिआर बक्ससमेत चोरी भएको जनाएका छन् ।
प्रहरीका अनुसार चोरहरुले सटरको साँचो फोरेर सामान लगिसकेपछि पुनः अर्काे साँचो लगाएर छाडेका छन् । पसलभित्र रहेको सानो सेफ फुटाएर चोरिएको छ भने ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।
पसलभित्रको सिसी क्यामराको डिभिआरसमेत चोरिएकाले केही पहिचान हुन सकेको छैन । बजारका सडकमा राखिएका सिसी क्यामरामार्फत अनुसन्धान थालिएको उहाँले बताउनुभयो । अनौठो प्रकारको चोरी भएकाले आफूले फरक ढङ्गले यसको अनुसन्धान थालेको बताउँदै उहाँले एक हप्ताभित्र चोर पक्राउ गर्ने दाबी गर्नुभयो । रासस

2610
Shares

ट्रेन्डिङ