सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • राती १२ बजे देखि पर्सामा निषेधाज्ञा हट्ने, लकडाउन यथावत

राती १२ बजे देखि पर्सामा निषेधाज्ञा हट्ने, लकडाउन यथावत

6015
Shares
राती १२ बजे देखि पर्सामा निषेधाज्ञा हट्ने, लकडाउन यथावत

५ जेठ, वीरगञ्ज / पर्सामा गत वैशाख ३१ गतेदेखि लागू भएको निषेधाज्ञा हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको बैठकले सोमबार राति १२ बजेसम्म लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको हो । जिल्लामा लागू गरिएको निषेधाज्ञा हटाउँदै लकडाउनलाई प्रभावकारी बनाउने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

बैठकले समाजिक दुरी कायम गरेर कृषि तथा खेतीपाती गर्न दिने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु सञ्चालन गर्ने, मलखाद, बिउ विजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय गरेको बस्नेतले बताए । यसैगरी बैठकले भारतीय तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय समेत गरेको छ ।

मंगलबारदेखि वीरगञ्जका अतिआवश्यक खाद्य सामग्री विक्री वितरण गर्ने किराना पसलहरुमा सामाजिक दुरी कायम गरी उच्च स्वास्थ्य सतर्कताका साथ ग्राहक र पसलेले सामान खरिद तथा बिक्री गर्न पाउने निर्णय गरेको छ । गत वैशाख ३० गते एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले सेना परिचालन गर्नुको साथै निषेधाज्ञा जारी गरेको थियो ।

6015
Shares

ट्रेन्डिङ