सबैको समाचार
शुक्रबार, भदौ ५, २०८३
  • होमपेज
  • राईलाई राष्ट्रिय विभूति घोषण गरिने– प्रधानमन्त्री दाहाल

राईलाई राष्ट्रिय विभूति घोषण गरिने– प्रधानमन्त्री दाहाल

4705
Shares
राईलाई राष्ट्रिय विभूति घोषण गरिने– प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
रामप्रसाद राई फाउण्डेसनद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘रामप्रसाद राइ’ नामक पुस्तकको विमोचन गर्दे उहाँले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथान्कासम्मको कोसी राजमर्गलाई रामप्रसाद राई मार्ग घोषणका लागिसमेत पहल गर्ने आश्वासन दिनुभयो ।
प्रधानमन्त्री दाहालले देश र जनताका लागि बलिदान दिने सपुतहरुको जीवन गाथालाई पाठ््यपुस्तकमा समावेश गर्न फाउन्डेसनले गरेको आग्रह सकारात्मक भएको पनि बताउनुभयो ।
स्व रामप्रसाद राई भोजपुर निवासी थिए । उहाँले १०४ वर्षे निरङ्कुश राणाशासन र २००७ सालको क्रान्तिका लागि लडेका थिए । स्व राईको व्यक्तित्वलाई स्मरण गर्ने अभिप्रायबाट भोगिराज चामलिङ्ले लेख्नुभएको ‘रामप्रसाद राई’ नामक उक्त कृति ४७२ पेजमा प्रकासित छ । रासस

4705
Shares

ट्रेन्डिङ