सिन्धुपाल्चोकका पत्रकार नानीराम नेपालको नि ध न भएको छ । प्रेस चाैतारि नेपाल सिन्धुपाल्चोकका सह-संयाेजक नानीराम नेपालको हृदयाघातका कारण आज साँझ नि ध न भएको हो ।
नेपाल समाचारपत्रका जिल्ला संवाददाता समेत रहेका नेपालको हृदयाघात भै धुलिखेल अस्पतालमा उपचारको क्रममा नि ध न भएको हो । उनी सिन्धुपाल्चोक पत्रकार महासंघको सह सचीव समेत रहेका थिए ।
बलेफी गाउँपालिका वडा नम्बर ४ घर भएका ३१ वर्षीय नेपालको ६ बर्षीय छोरी, डेढ बर्षीय छोरा, श्रीमती र आमा बुबा रहेका छन् । पत्रकार नेपालको श व भोली बिहान कोठे स्थित सुनकोशी आ र्यघा टमा दा हसंस्कार गरिने बताइएको छ ।