सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • नेपाली काङ्ग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी

नेपाली काङ्ग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी

5820
Shares
नेपाली काङ्ग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी

 

नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा उनले ६६५ मत पाए भने अर्का उम्मेदवार रामकृष्ण चित्रकारले ६५३ मत पाए ।

विजयी श्रेष्ठलाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता उदयशम्शेर जबराको समर्थन थियो । जिल्ला सभापति चयनका लागि शनिबार ३ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

तर मतगणनामा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।शनिबार भएको मतगणना कम मत आएपछि सभापतिका उमेदवार मीनकृष्ण महर्जन बाहिरिएका थिए र उनलेे चित्रकार लाई समर्थन गरेका थिए।

5820
Shares

ट्रेन्डिङ