सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • मृगौला पिडित गजुरेलको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारको अपील

मृगौला पिडित गजुरेलको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारको अपील

6935
Shares
मृगौला पिडित गजुरेलको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारको अपील

 

दुबै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि धुलिखेल नगरपालिका वडा नम्बर ९ का सुसन गजुरेलको परिवारले सहयोगको अपील गरेको छ ।

दुबै मृगौला पुनः प्रत्यारोपणका लागि भारत लैजानु पर्ने र परिवारसंग भएको रकमले नभ्याउने भएकाले सहयोगका लागि अपील गरेको बिरामीको परिवारले जनाएको छ ।

‘मृगौला प्रत्यारोपणका लागि भारत लैजानुपर्नेछ । जसका लागि ठूलो चिकित्सा खर्च लाग्नेछ । परिवारसंग भएको रकमले नभ्याउने भएकाले सार्वजनिक रूपमा सहयोगका लागि अपिल गरेका हौँ ।

हामीले कोष जुटाउने प्रयास गरेका छौं । यो कठिन समयमा उहाँलाई मद्दत गरिदिन देशभित्र र बाहिर रहनुभएका सबैसंग अनुरोध गर्दछौँ ।’ २२ बर्षीय सुसन एक बर्ष देखि मृगौला रोगसंग जुधिरहनु भएको छ ।

अहिले पनि हप्ताको दुई पटक डाईलोसिस गर्दै आएको परिवारले जनाएको छ । सहयोग गर्न चाहानेले सुसन गजुरेलको नाममा धुलिखेल स्थित नबील बैंकको शाखामा रहेको खाता नम्बर (04210017507555) मा दाखिला गर्न सक्नुहुनेछ ।

थप जानकारी ९८६०७२२७१५ र ९८५१३२३८३१ मा सम्पर्क गरेर पनि बुझ्न सक्नुहुनेछ ।

6935
Shares

ट्रेन्डिङ