सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • सांसद शान्ता चौधरी कक्षा १२ मा उत्तीर्ण

सांसद शान्ता चौधरी कक्षा १२ मा उत्तीर्ण

4125
Shares
सांसद शान्ता चौधरी कक्षा १२ मा उत्तीर्ण

 

काठमाडौं: नेकपा एमालेकी सचेतक एवं सांसद शान्ता चौधरीले कक्षा १२ मा उत्तीर्ण भएकी छन्।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशन गरेको थियो। उनका स्वकीय सचिव सन्तोष दहितले शान्ता चौधरी उत्तीर्ण भएको जानकारी दिएका छन्।

गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।

 

4125
Shares

ट्रेन्डिङ