सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान आजै

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान आजै

3590
Shares
कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान आजै

 

काठमाडौँ, मङ्सिर २८ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति चयन गर्न आज फेरि चुनाव हुने भएको छ।

सोमबार भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि आज फेरि मतदान हुन लागेको हो

केन्द्रीय निर्वाचन समितिका एक सदस्यका अनुसार आज अपरान्ह ३:३० बजेबाट दोस्रो चरणको मतदान गर्ने तयारी भएरहेको छ।

आजको मतदानमा पनि हिजोजस्तै ३ मतदान स्थलमा मतदानको व्यवस्था गरिने छ। दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिड्दै छन्।

 

3590
Shares

ट्रेन्डिङ