सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • पुनःस्थापना संस्था नेपाललाई अपाङ्ग मैत्री कोठा हस्तान्तरण

पुनःस्थापना संस्था नेपाललाई अपाङ्ग मैत्री कोठा हस्तान्तरण

4385
Shares
पुनःस्थापना संस्था नेपाललाई अपाङ्ग मैत्री कोठा हस्तान्तरण

 

काभ्रेको बनेपामा रहेको पोर्टेज तथा पुनःस्थापना संस्था नेपाललाई बन्दै गरेको अपाङ्ग मैत्री कोठा हस्तान्तरण गरिएको छ ।

ज्योति बिकास बैक,बनेपा शाखाले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बन्दै गरको कोठामा रंग रोगन र आवश्यक सजावटको काम सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा अपाङ्ग बालबालिका मैत्री खेलकुद तथा शैक्षिक साम्रागी समेत हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष शुरथ बहादुर थापा,ज्योति विकास बैँकका काठमाडौँ क्षेत्रीय प्रमुख दिलिपराज बराल,बनेपाका शाखा प्रमुख सरोज खड्का,बनेपा वडा नं १२ का वडा सदस्य नारायण रावल लगायत उक्त संस्थाका कर्मचारी,विद्यार्थी तथा अभिभावक लगायतको उपस्थित रहेको थियो ।

पोर्टेज तथा पुन:स्थापना संस्था,नेपालमा बिगत लामो समय देखि सुस्त मनस्थिति तथा अपाङ्गता ,बालबालिकाहरुलाई विशेष शिक्षा लगायत विभिन्न तालिमहरु संचालन गर्न स्थापना भएको हो ।

विभिन्न व्यक्तिहरुको प्रयास र संलग्नतामा बिशेष समस्या भएका (अपाङ्ग) र अन्य बालबालिकाहरुको गुणत्मक जीवनयापनमा मद्दत पुर्याउन २०५९ जेठ १८ गते उक्त संस्थाको स्थापना भएको हो ।

यसले कानुनि मान्यता २०५९ कार्तिक २४ गते प्राप्त गरेको थियो । ज्योति बिकास बैँकले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत नेपालभर आवश्यक सहयोगको कार्य गदै आएको छ । हाल ज्योति बिकास बैकले १०५ शाखा तथा १ शाखा रहित बैकिङ्ग केन्द्र मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

4385
Shares

ट्रेन्डिङ