काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीको नयाँ नेतृत्व अधिकांश निर्वाचन मार्फत निर्वाचित भएका छन् ।
शनिबार बुडोलमा सम्पन्न २४ औं साधारण सभा मार्फत नयाँ नेतृत्व आएका हुन् ।
साधारणसभामा एमाले एक्लै र सत्ता गठबन्धन बीच निर्वाचन भएको थियो । पुरुष उपाध्यक्षमा एमाले पक्षका सागरनाथ कपाली निर्विरोध निर्वाचित हुनुभएको थियो । सत्ता गठबन्धनले यो पदमा उम्मेदवारी नै दिएन ।
एमाले पक्षहरू उपाध्यक्ष नै निर्विरोध निर्वाचित भएपछि निकै खुशी भए । उपसचिबमा विकास बादे पनि निर्वारोध निर्वाचिन हुनुभएको थियो । बादे पनि गठबन्धनकै उम्मेदवार भएको दाबी गरिएको छ । यद्यदी बादेलाई दुबै समूहले उम्मेदवार बनाएका थिए ।
एमालेले पदाधिकारीमा आफ्नो बहुमत गुमाएको छ । उपसचिबमा विजयी भएका बादे सत्ता गठबन्धनमै लागेपछि पदाधिकारीमा एमालेको जम्मा १ जना उपाध्यक्ष मात्रै भएका छन् ।
एमालेका नेताहरू एक जना उपाध्यक्ष निर्विरोध निर्वाचित हुँदा जति खुशी थिए । निर्वाचनको परिमाणले निकै दुखि तुल्यायो । अर्थात् एमालेभित्र चरम अन्तरघा त भयो । जसको परिणाम एमालेले हार ब्यहोर्नु बाध्य भयो ।
अन्तरघातको आशंका एमाले नेताहरूले निर्विरोध निर्वाचित उपाध्यक्ष माथि गरेका छन् । उनले दोहोरो भूमिका खेल्दा अन्य उम्मेदवार पराजित हुनु परेको ठम्याई एमाले नेताहरूले गरेको स्रोतको दाबी छ ।
निर्वाचनबाट अध्यक्षमा १०३ मत सहित सत्ता गठबन्धनका उम्मेदवार जीतेन्द्र नकर्मी विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी एमाले पक्षधर अध्यक्ष उम्मेदवार उदयराम कायस्थले ८८ मत ल्याउनु भएको छ ।
महिला उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निर्मला श्रेष्ठ १०६ मत सहित विजयी हुनुभएको छ । श्रेष्ठका प्रतिद्धन्द्धी एमाले पक्षका तीर्थमाया प्रधानले ८२ मत प्राप्त गर्नुभएको छ ।
सचिबमा सत्ता गठबन्धनका सुरेन्द्र प्रसाद पौडेल प्रतिद्धन्द्धी भन्दा १ मत बढी ल्याएर विजयी हुनुभएको छ । पौडेलले ९५ मत ल्याएर विजयी हुँदा एमाले पक्षको जेन लामाले ९४ मत ल्याएर पराजीत हुनुभयो ।
कोषाध्यक्षमा सत्ता गठबन्धनकै जीवन श्रेष्ठ १०६ मत सहित विजयी हुनुभएको छ । भने उहाँका प्रतिद्धन्द्धी उपेन्द्र प्रसाद हुमागाईले ८१ र हरिगोपाल प्रधानाङ्गले ५ मत प्राप्त गर्नुभएको छ ।
सञ्चालक समिति सदस्यमा सत्ता गठबन्धनले बहुमत प्राप्त गरेको छ । पाँच जना पुरुष सञ्चालक सदस्यमा गठबन्धनका तीन र एमालेका दुई जना सदस्य निर्वाचित भएका छन् ।
गठबन्धनका रुशन श्रेष्ठ १२० मत, बालकृष्ण दाहाल ११४ मत, गणेश कुमार तामाङ ९७ मत, एमाले तर्फका रमेश न्यौपाने ८८ मत र बिनोद सापकोटा ९८ मत सहित विजयी हुनुभएको हो ।
महिला सञ्चालक सदस्यमा सत्ता गठबन्धन र एमाले तर्फबाट एक एक जना निर्वाचित भएका छन् । गबन्धनबाट ज्ञानु दाहाल ११४ मत र एमाले तर्फ सत्यवती भट्टराईले ११३ मत ल्याएर विजयी हुनुभएको छ । अर्को उमेदवार कमला तामाङले ९२ मत ल्याउनुभएको छ ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिमा भने एमालेले कब्जा जमाएको छ । संयोजकमा शिव प्रसाद आचार्य निर्विरोध निर्वाचित हुनुभएको थियो। समितिको सदस्यहरुमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।
दिपेन्द्र श्रेष्ठ ११३ र पुष्पराज कोइरालाले ११२ मत ल्याएर विजयी हुनुभएको हो । सत्ता गठबन्धनका सदस्य कृष्ण प्रसाद मैनालीले १०२ मत मात्रै प्राप्त गर्नुभएको हो ।