सबैको समाचार
आइतवार, बैशाख १४, २०८२
  • होमपेज
  • माओवादी पदाधिकारी चयन हुँदै, महासचिवमा चार जनाको दाबी

माओवादी पदाधिकारी चयन हुँदै, महासचिवमा चार जनाको दाबी

3295
Shares
माओवादी पदाधिकारी चयन हुँदै, महासचिवमा चार जनाको दाबी

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट छनोट भएका केन्द्रीय सदस्यले आज पदाधिकारी चयन गर्दै छन् भने महासचिवमा चार जना दाबेदार छन्।

माओवादीको महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। अध्यक्ष पुष्पकमल दाहालले प्रस्तावको सूचीलाई हलले ताली बजाएर पारित गरेको थियो।

केन्द्रीय समितिबाट आज पदाधिकारी चयन गर्न लागिएको एक स्थायी समिति सदस्यले बताए। “केन्द्रीय सदस्यमध्येबाटै आज पदाधिकारी चयन गर्छौ,” उनले भने।

आइतबार पनि माओवादी स्थायी समिति बैठकले केन्द्रीय सदस्यको सूची बनाएको थियो। त्यहि सूची अध्यक्ष दाहालले बन्दसत्रमा वाचन गरेका थिए।
माओवादी महाधिवेशनले संशोधन गरेको विधानअनुसार, १५ पदाधिकारी रहने व्यवस्था छ।

जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ। अध्यक्षपछि शक्तिशाली मानिएको महासचिवमा भने चार जनाको दाबी छ। यसमा जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन र शक्ति बस्नेतले दाबी गरेका छन्।

माओवादीका अर्का एक स्थायी समिति सदस्यका अनुसार महासचिवमा शर्माको सम्भावना बलियो छ। तर, उनी अर्थमन्त्री रहेकाले अन्य तीन जनामध्ये एक जनालाई महासचिव बनाउने सम्भावना पनि नकार्न सकिँदैन।

माओवादीको ११ पुसमा शुरू भएको महाधिवेशन २३६ केन्द्रीय सदस्य चयन गर्दै १८ पुसमा सम्पन्न भएको छ। महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिको बैैठक आज बस्न लागेको छ।

 

3295
Shares

ट्रेन्डिङ