सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • परीक्षामा २० अङ्क सित्तैमा !

परीक्षामा २० अङ्क सित्तैमा !

3935
Shares
परीक्षामा २० अङ्क सित्तैमा !

 

काठमाडौं, २१ पुस : टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ (वाल्मीकि क्याम्पस)का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ्क प्रदान गर्ने गरिएको छ ।

 

स्नातक र स्नातकोत्तर तहमा खगोल ज्योतिष विषयका विद्यार्थीले वेधशालामा रहेको टेलिस्कोप प्रयोग गर्न पाउँदैनन् तर वार्षिक परीक्षामा २० अङ्क सित्तैमा पाउने गरेका छन् ।

विद्यापीठका खगोल ज्योतिष विषयका डा. सहप्राध्यापक जयन्त आचार्यले विद्यार्थीलाई टेलिस्कोपको प्रयोग गर्न लगाई प्रयोगात्मक परीक्षा लिनुपर्नेमा कहिल्यै पनि त्यस्तो अवसर प्राप्त हुन नसकेको गुनासो गर्दै भन्नुभयो, “टेलिस्कोपबाट ग्रहको अध्ययन हेर्नुपर्ने हुन्छ तर विद्यार्थीले थन्क्याइएको टेलिस्कोप टाढाबाटै हेरे पुग्छ, परीक्षामा अङ्क पाउँछन् ।

यो हाम्रै कमजोरी हो ।” नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठको माथिल्लो तलामा २०४३ सालमा वेधशाला निर्माण गरिएको थियो । करिब एक सय केजीको टेलिस्कोप जापानबाट झिकाइएको थियो ।

विद्यापीठको एउटा कोठामा थन्क्याइएको सो टेलिस्कोप नेपालमा हालसम्म भित्रिएकामध्ये सबैभन्दा ठूलो दाबी गरिँदै आएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

 

3935
Shares

ट्रेन्डिङ