सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

5355
Shares
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई को रो ना सं क्र म ण भएको छ। प्रचण्डको निजी सचिवालयले सं क्र म ण भएको जनाएको हो।

स्वास्थ्यमा असहजता आएपछि शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डमा को रो ना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ। प्रचण्डको स्वास्थ्य अवस्था समान्य रहेको र अहिले आफ्नै निवासमा आराम गरिरहेको उनकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा जनाएकी छन्।

‘स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ‚’ गंगाले उल्लेख गरेकी छन्‚ ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको र स्वास्थ्य अवस्था सामान्य छ।’

चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ।

 

5355
Shares

ट्रेन्डिङ