सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • शिक्षा मन्त्रालयको निर्णय काभ्रेको चौरी देउरालीले मानेन, विद्यालय खुल्ने

शिक्षा मन्त्रालयको निर्णय काभ्रेको चौरी देउरालीले मानेन, विद्यालय खुल्ने

4665
Shares
शिक्षा मन्त्रालयको निर्णय काभ्रेको चौरी देउरालीले मानेन, विद्यालय खुल्ने

 

काभ्रेको चौरीदेउराली गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु संचालन गर्न दिने भएको छ ।

को रो ना भाइरस सं क्र म ण दर बढेसंगै सरकारले देशैभरका विद्यालय बन्द गर्न आग्रह गरेपनि चौरीदेउराली गाउँपालिकाले भने विद्यालय बन्द नगर्ने भएको हो ।

पालिकाले आज एक सूचना जारी गर्दै वैकल्पिक विधिबाट सिकाई सहजीकरण प्रभावकारि नदेखिएकोले भौतिक रुपमा नै पठनपाठन गराउन विद्यालयहरुलाई पालिकाले आग्रह गरेको हो ।

स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि विद्यालय संचालन गरिने प्रमुख प्रशासकिय अधिकृत महानदास लामाद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गर्दै माघ १५ गते सम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । चौरीदेउराली गाउँपालिकामा अहिले को रो ना सं क्र मि त हुनेको संख्या शून्य रहेको छ ।

 

4665
Shares

ट्रेन्डिङ