सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • भ्रष्टाचार मुक्त देश बनाउने अभियानको सुरुवात गोकर्णेश्वरबाटः सुनार

भ्रष्टाचार मुक्त देश बनाउने अभियानको सुरुवात गोकर्णेश्वरबाटः सुनार

5415
Shares
भ्रष्टाचार मुक्त देश बनाउने अभियानको सुरुवात गोकर्णेश्वरबाटः सुनार

गोकर्णेश्वर नगरपालिका कार्यालयमा भइरहेको अनियमितता, भ्रष्टाचार, कर्मचारीतन्त्र र ढिलासुस्तीको विरुद्ध सुरु भएको आन्दोलनमा दिन प्रतिदिन सहभागिता र सहयोगका हातहरु दुई र चार गुना गरी बढ्दै गइरहेका छन् ।
गत शुक्रवार जय नेपाल सञ्चार गृहको हलमा अन्तर्रािष्ट्रय भ्रष्टाचार बिरुद्ध अभियान दिवसको अवरसमा आयेजित बृहत अन्तरक्रियात्मक कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला छेत्र नम्बर ३ का छेत्रीय सभापति सन्तोष चालिसे लगायत गोकर्णेश्वर नगपालिकाका अगुवाहरु दीपक रिसाल, दुर्गा बराल, देब राज कार्की, प्रकाश अधिकारी, शम्भु प्रसाद अधिकारी, पुष्पा लिम्बु, शोभा दाहाल, कमला नेपाली, राज भक्त सुनार, नगर प्रतिनिधि श्रीकृष्ण ज्योति लगायत अरु अन्य कार्यक्रममा उपस्थित अतिथीहरुले गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्र कुमारी थपलियालाई बुझाइएको १० बुदे मागलाई पुर्ण समर्थन जनाएका छन् । साथै यस अभियानलाई देशव्यापी बनाउनु पर्ने विचार ब्यक्त गरेका थिए ।
सञ्चारकर्मी सुदर्शन बजगाइले कार्यक्रम बारे प्रकाश पारेका थिए भने आयोजक जय नेपाल सामाजिक युवा संस्थाका अध्यक्ष श्री राजु सुनारले नेपाललाई भ्रष्टाचार मुक्त देश बनाउने अभियानको पहिलो सुरुवात गोकर्णेश्वर नगरपालिकाबाट हुदैछ भन्ने भनाइका साथै सो कार्यक्रमको समापन गरेका थियोे ।

5415
Shares

ट्रेन्डिङ