काभ्रेमा पछिल्लो २४ घण्टामा ३२१ जनाको कोभिडका बिरामी निको भएका छन् ।
स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा १४६ जना कोभिडका बिरामी थपिएका छन् ।
२४ घण्टामा २६४ जनामा कोभिड परीक्षण गरिएको थियो । आज थपिएकासंगै जिल्लामा सक्रिय कोभिड बिरामीको संख्या १२ सय ८० जना पुगेका छन् ।
सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१६ जना कोभिडका बिरामी छन् ।
त्यस्तै धुलिखेल नगरपालिकामा ३६२ जना कोभिडका बिरामी रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।