सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • काभ्रेमा १२२ जना कोरोनाका बिरामी निको भए, ६३ जना थपिए

काभ्रेमा १२२ जना कोरोनाका बिरामी निको भए, ६३ जना थपिए

4250
Shares
काभ्रेमा १२२ जना कोरोनाका बिरामी निको भए, ६३ जना थपिए

 

काभ्रेमा कोभिडका १२२ जना बिरामी निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले पछिल्लो २४ घण्टामा १२२ जना बिरामी निको भएको बताएको हो ।

त्यस्तै बितेको २४ घण्टामा ६३ जना कोभिडका नयाँ बिरामी थपिएका छन् । आज थपिएका सहित गरेर जिल्लामा कुल कोभिड बिरामीका संख्या ९०७ पुगेको छ ।

 

सबैभन्दा बढ्री २७६ बनेपा नगरपालिकामा कोभिडका बिरामी रहेका छन् । त्यस्तै धुलिखेल नगरपालिकामा २४४ जना, पनौती नगरपालिकामा १७१ जना, पाँचखाल नगरपालिकामा ७५ जना, नमोबुद्ध नगरपालिकामा ३४ जना र मण्डनदेउपुर नगरपालिकामा २० सक्रिय कोभिडका बिरामी रहेका छन् ।

 

त्यसैगरी भुम्लुमा १४, रोशीमा १७, तेमालमा ६, चौरीदेउरालीमा १७, बेथानचोकमा १७, महाभारतमा ५ र खानीखोला गाउँपालिकामा १ जना कोभिडका बिरामी रहेका छन् ।

 

4250
Shares

ट्रेन्डिङ