सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • आजको मौसम : असिनासहित वर्षाको सम्भावना

आजको मौसम : असिनासहित वर्षाको सम्भावना

5405
Shares
आजको मौसम : असिनासहित वर्षाको सम्भावना

 

काठमाडौं, २० माघ :  गए रातिदेखि नेपालमा पश्चिमी न्यूनचापीय वायु प्रणाली सक्रिय बनेको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट प्रवेश गरेको उक्त प्रणालीको प्रभावले केही दिन मौसममा आंशिकदेखि पूर्ण बदली हुने छ ।

महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेश प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ ।

शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रहने छ ।

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने महाशाखाले बताएको छ ।

आज पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाड र तराई केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

शुक्रबार भने देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार आउने महाशाखाको प्रक्षेपण छ ।

 

5405
Shares

ट्रेन्डिङ