सबैको समाचार
बुधबार, कार्तिक ५, २०८३
  • होमपेज
  • मन्त्रिपरिषद् बैठक बस्दै, तोकिएला त स्थानीय तह निर्वाचनको मिति ?

मन्त्रिपरिषद् बैठक बस्दै, तोकिएला त स्थानीय तह निर्वाचनको मिति ?

4915
Shares
मन्त्रिपरिषद् बैठक बस्दै, तोकिएला त स्थानीय तह निर्वाचनको मिति ?

 

काठमाडौं, २० माघ : मन्त्रिपरिषदको बैठक बस्दै छ।

हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्ने भएपनि अहिलेसम्म कति बजे बस्ने भन्नेबारे टुंगो नलागेको एक मन्त्रीले जनाकारी दिए।

उनका अनुसार हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरेपनि अहिलेसम्म समयको बारेमा जानकारी आइसकेको छैन्। आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ।

गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री देउवाले आगामी मन्त्रिपरिषदको बैठकले आयोगले तोकेको मितिबारे टुंगो लगाउने आश्वासन दिएपछि आयोग निर्वाचनको तयारीमा जुटेको छ।

यस्तै हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाडले सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग उनकै निवासमा पुगेर निर्वाचनका बारेमा परामर्श गरेका थिए।

त्यस्तै मन्त्री खाडले हिजो अपरान्ह चार वटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा स्थानीय तह निर्वाचनका लागि सुरक्षा खाका प्रस्तुत गर्न निर्देशन दिइसकेका छन्।

 

4915
Shares

ट्रेन्डिङ