सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आज काभ्रेमा नेकपा (एकीकृत समाजवादी) काभ्रेले राष्ट्रघाती एमसीसी वि रु द्ध प्रर्दशन गर्ने

आज काभ्रेमा नेकपा (एकीकृत समाजवादी) काभ्रेले राष्ट्रघाती एमसीसी वि रु द्ध प्रर्दशन गर्ने

6000
Shares
आज काभ्रेमा नेकपा (एकीकृत समाजवादी) काभ्रेले राष्ट्रघाती एमसीसी वि रु द्ध प्रर्दशन गर्ने

 

नेकपा एकीकृत समाजवादी काभ्रेले आज अमेरिकी सहयोग नियोग मिलियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रर्दशन गर्ने भएको छ ।

प्रर्दशन कार्यक्रम बनेपाको तीनदोबाटोमा हुनेछ । दिउँसो १ बजेपछि कार्यक्रम हुने बताइएको छ ।

पार्टीको मोर्चा विभागले एमसीसीका विरुद्ध प्रर्दशनको आयोजना गरेको हो । पार्टीसचिब एवं मोर्चा विभाग प्रमुख दिपक गौतमले एमसीसी राष्ट्र हित विपरित रहेको भन्दै सार्वभौम नेपाल वि रु द्ध हुने कुनै पनि कामको नेकपा एसले समर्थन गर्न नसकिने बताउनुभयो ।

एमसीसीको विरुद्ध हुने प्रर्दशनमा सहभागि हुन मोर्चा विभाग प्रमुख गौतमले राष्ट्रवादी आम काभ्रेलीलाई आह्वान समेत गर्नुभयो । ‘एमसीसी राष्ट्रको हितमा छैन् । त्यहि भएर हामी एमसीसीको पक्षमा उभिन्न सक्दैनौँ ।

यो नेकपा एसले आयोजना गरेको प्रर्दशन भएता पनि एमसीसीको विपक्षमा रहनुभएका सबै काभ्रेली सहभागि हुन आह्वान गर्दछु । हामी सबैको एक्येबद्धता चाहान्छौ । नेपालको हित विपरित हुने कुनै पनि कामको हामी खुलेर विरोध गर्छौ । मोर्चा विभाग प्रमुख गौतमले भन्नुभयो ।’

अनेराविस्वयुले हिजै एक प्रेस विज्ञप्ति जारी एमसीसीको विरुद्ध उभिन सबै नेपालीहरुलाई समेत आह्वान गरेको छ ।

जिल्ला अध्यक्ष बदन भण्डारीले विज्ञप्ति जारी गरेर यस्तो आह्वान गर्नुभएको हो ।

 

6000
Shares

ट्रेन्डिङ