सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा

कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा

4490
Shares
कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा

 

काठमाडौं । कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कमल थापाले राप्रपा नेपाल घोषणा गर्ने जानकारी गराउनुभएको हो।

थापाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राप्रपा, नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको बताउनुभएको हो। आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनेसमेत अध्यक्ष थापाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

‘आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुनेछौँ’, अध्यक्ष थापाले विज्ञप्तिमा भन्नुभएको छ, ‘राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुनेछ।’

थापाले केही समयको अलमलपछि फेरि आफ्नै घरमा फर्किएको दाबी गर्नुभएको छ। ‘देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ’, अध्यक्ष थापाले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ,‘केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौँ।’ यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

 

4490
Shares

ट्रेन्डिङ