सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • जस्केलाबाट जन्मेको नक्कली पार्टीको फाइँफुइँ पनि आज सकिन्छ : पूर्वमन्त्री गोकुल बास्कोटा

जस्केलाबाट जन्मेको नक्कली पार्टीको फाइँफुइँ पनि आज सकिन्छ : पूर्वमन्त्री गोकुल बास्कोटा

6180
Shares
जस्केलाबाट जन्मेको नक्कली पार्टीको फाइँफुइँ पनि आज सकिन्छ : पूर्वमन्त्री गोकुल बास्कोटा

 

 

काठमाडौं, ८ फागुन:  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा एसलाई लक्षित गर्दै जस्केलाबाट आएको नक्कली पार्टीको पार्टीको फाइँफुइँ आजै सकिने ठोकुवा गरेका छन् ।

 

‘मन्त्रीहरुले भोट हाल्ने, नेताहरुले बहिष्कार गर्ने। समाजवादी कायदा !’ विवादित एवं बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले लिएको निर्णयप्रति लक्षित गर्दै उनलेसामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात हुने भएछ।’

नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनुपर्ने निर्णय गरेको थियो ।

 

एमसीसीबारे साझा धारणा बनाउन सत्तागठबन्धनको बैठक बस्दैछ । त्यस्तै आजै प्रतिनिधिसभाको बैठक पनि डाकिएको छ ।

 

एमसीसीकै कारण सत्तागठबन्धन धरापमा परेको छ ।

 

 

https://www.facebook.com/gokulprasadbaskota/posts/503677784449171

6180
Shares

ट्रेन्डिङ