काठमाडौं, ११ फागुन: अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ। गायिका समीक्षा अधिकारी आफैं पुगेर बुधबार जिल्ला प्र ह री कार्यालय तनहुँमा शाहवि रू द्ध जाहेरी दिएकी हुन्।

गण्डकी प्रदेश प्र ह रीका अनुसार शाहवि रूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ। शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।
जिल्ला प्र ह री कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन। गायिका समीक्षा अधिकारीले एक महिना अघि आफूमाथि पल शाहले यौ न दुर्व्यवहार गरेको भन्दै जिल्ला प्र ह री कार्यालय कास्की पुगेकी थिइन्।तर कास्की प्र ह रीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएपछि बीचैमा पलले गायिकालाई फकाईफुल्याई गर्ने मौका पाएको देखिन्छ।
यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारिरिक सम्बन्ध ब ला त्का र हो।
कास्की प्र ह री प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलवि रूद्ध उजुरी गर्न आएकी थिइन्। प्र हरी ले त्यतिबेला सबैकुरा सुनेर\बुझेर जाहेरी पनि तयार गरिसकेको थियो। तर घ ट ना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठायो।
प्रह रीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्र ह री हिरासतमा हुने थिए। आफूकहाँ महिला, बालबालिकामाथि भएको बलात्कारसम्बन्धी घ ट ना तत्काल दर्ता गरी क्षेत्राधिकार पुग्ने रहेनछ भने सम्बन्धित प्र ह री कार्यालयमा पत्राचार गरी पठाउने कानुनी व्यवस्था भएको केन्द्रीय प्र ह री प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७ को उपदफा १ मा आफूकहाँ आएको कसुरसम्बन्धी सूचना अर्को प्र ह री कार्यालयको क्षेत्राधिकारभित्र पर्ने रहेछ भने उतै पठाउनुपर्ने उल्लेख छ।
तर सोही दफाको उपदफा २ ले कसुर गर्ने व्यक्ति उम्कन सक्ने वा प्रमाण न ष्ट गर्ने सम्भावना देखे तत्काल दर्ता गरी प्रारम्भीक अनुसन्धान समेत गरेर पठाइदिन सक्ने व्यवस्था गरेको छ।


