सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • देशभर एक महिना सङ्कटकाल लगाउने सुरक्षा परिषद्को निर्णय

देशभर एक महिना सङ्कटकाल लगाउने सुरक्षा परिषद्को निर्णय

6915
Shares
देशभर एक महिना सङ्कटकाल लगाउने सुरक्षा परिषद्को निर्णय

 

युक्रेनले देशभर सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ । केहीबेरअघि सम्पन्न सुरक्षा परिषद् बैठकले आउँदो ३० दिनका लागि सङ्कटकाल घोषणा गर्ने निर्णय गरेको युक्रेनका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

सुरक्षा परिषद्को निर्णय युक्रेनको संसद्ले अनुमोदन गरेपछि लागू हुन्छ । रुसले युक्रेनका विवादित क्षेत्रमा सेना पठाइसकेको र सम्भावित आक्रमणको खतरालाई ध्यान दिएर युक्रेनले सङ्कटकाल लगाउन लागेको हो । यस्तै सुरक्षा परिषद् बैठकले १८ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई सैनिकको रूपमा खटिन तयारी रहन आह्वान गरेको छ ।

 

यस्तै युक्रेनले रुसमा रहेका आफ्ना ३० लाख नागरिकलाई तत्काल रुस छाड्न अनुरोध गरेको बीबीसीले जनाएको छ । रुसले हिजो मङ्गलवार युक्रेनबाट छुट्टिएका दुई विवादित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर विद्रोहीहरूलाई सहयोग गर्न आफ्ना सैनिक पठाएपछि रुस–युक्रेन युद्धको सम्मुखमा पुगेका छन् । अमेरिका, बेलायतसहित पश्चिमा देशहरूले रुसी बैंक र संसदमाथि प्रतिबन्ध लगाएका छन् ।

 

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेन सङ्कटको कुटनीतिक समाधानका लागि आफू अझै पनि तयार रहेको बताउनुभएको छ । तर वार्ताका लागि तयार भए पनि रुसको हित र रुसी नागरिकको सुरक्षामा सम्झौता गर्न भने नसक्ने उहाँको भनाइ छ ।

 

6915
Shares

ट्रेन्डिङ