रोशन तिमल्सिना/ काभ्रे। बैकिङ कसुरमा फरार रहेका काभ्रेका श्याम सुन्दर घिमिरे पक्राउ परेका छन् । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका ३६ को घिमिरेलाई अपराध महाशाखाको टोलीले प क्रा उ गरेको हो ।
घिमिरेलाई जोरपाटीबाट प क्रा उ गरी फैसला कार्यान्वयनको लागि काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको प्र ह रीले जनाएको छ । घिमिरेलाई उच्च अदालत, पाटन ललितपुरको मिति २०७८ मंसिर २८ र २०७८ माघ २७ गतेको फैसलाले २६ लाख रुपैयाँ जरिवाना र ८ दिन कै द तोकेको थियो ।