सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • ओलीले राप्रपासँग गठबन्धन गर्दैछन् : मन्त्री खतिवडा

ओलीले राप्रपासँग गठबन्धन गर्दैछन् : मन्त्री खतिवडा

4875
Shares
ओलीले राप्रपासँग गठबन्धन गर्दैछन् : मन्त्री खतिवडा

 

गोरखा, १ चैत :  स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धनको तयारी भइरहेको बताएका छन् ।

 

मंगलबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले राप्रपासँगको गठबन्धन लुकाउन ओलीले आफूहरुको गठबन्धनबारे अनावश्यक हल्ला गरिरहेको टिप्पणी गरे ।

 

‘आगामी चुनावमा ओलीले राप्रपासँग गठबन्धन गर्दैछन्, तर त्यो कुरा छोप्न हाम्रो गठबन्धनको हल्ला मच्चाइरहेका छन्,’ उनले भने, ‘कम्युनिष्ट भएर कांग्रेससँग गठबन्धन गर्‍यो भनेर यता हल्ला गर्ने तर उता आफू चाहिं राप्रपा र नागार्जुनसँग खुसुखुसु गर्ने !’

 

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री खतिवडाले ओलीले राप्रपासँग मिलेर चुनाव नलडे आफूले कान काटेर पातमा राखिदिने टिप्पणीसमेत गरे । अहिले सत्तारुढ दलबीचको गठबन्धनको विरोध गरेका ओलीलाई उनले २०७४ सालको चुनावको गठबन्धन सम्झिन आग्रह गरे ।

 

‘२०७४ सालको चुनावमा माओवादी, एमाले, जनमोर्चा, हृदयेश त्रिपाठी र राप्रपाका लिङदेनसँग मिलेर जितेका होइनन्, त्यसमा उपेन्द्र यादव पनि थपेका थिए, आफूले गरेको गठवन्धन ठीक हुने अनि हाम्रो गठबन्धनको चाहिं विरोध गर्ने ?’ मन्त्री खतिवडाले प्रश्न गरे ।

 

 

4875
Shares

ट्रेन्डिङ