सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा म्यादी प्रहरीमा आवेदन दिनेको आज पनि भिड,आवेदन दिनेको संख्या १५ सय नाघ्यो

काभ्रेमा म्यादी प्रहरीमा आवेदन दिनेको आज पनि भिड,आवेदन दिनेको संख्या १५ सय नाघ्यो

5145
Shares
काभ्रेमा म्यादी प्रहरीमा आवेदन दिनेको आज पनि भिड,आवेदन दिनेको संख्या १५ सय नाघ्यो

 

म्यादी प्रहरी भर्नाका लागी जिल्ला प्रहरी कार्यालय काभ्रेमा आवेदन संकलन कार्य जारी रहदा भिड बढेको छ ।

भर्ना खुलेको तेश्रो दिन आज पनि जिल्ला प्रहरी कार्यालय परिसरमा दरखास्त दिनेहरुको भिड लागेको थियो । आज ५ सय ८९ जनाले म्यादी प्रहरीका लागी आवेदन दिएका जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार आज १ सय ९३ जना महिला र ३ सय ९६ जना पुरुष गरी ५ सय ८९ जनाले आवेदन दिएका छन्। म्यादी प्रहरीका लागि काभ्रेमा आजसम्म १ हजार ६४८ जनाले आवेदन दिइसकेका छन्।

जसमा महिलाको संख्या ४६० रहेको छ भने पुरुष १ हजार १८८ जना रहेका छन्। म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा १ हजार ४९५ म्यादी प्रहरी माग गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

 

5145
Shares

ट्रेन्डिङ