सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • बैंकिङ कसूर मुद्दाका फरार काभ्रेका गौतम पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार काभ्रेका गौतम पक्राउ

6440
Shares
बैंकिङ कसूर मुद्दाका फरार काभ्रेका गौतम पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–४ स्थायी घर भएका ४२ वर्षीय वीरेन्द्र कुमार गौतम पक्राउ परेका छन् ।

कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटार बस्दै आएका उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जानकारी दिएको छ ।

कार्यायलका सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका अनुसार उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २३ गतेको फैसलाले चार दिन कैद, सात लाख ९१ हजार रुपैयाँ जरिवाना र ३१ हजार छ सय ६० रुपैयाँ क्षतिपूर्ति तोकिई फरार रहेका गौतम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गोठाटारबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरी उपरीक्षक कोईरालाले जानकारी दिएका छन् ।

6440
Shares

ट्रेन्डिङ