सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सांसद सवार गाडी नियन्त्रणमा

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सांसद सवार गाडी नियन्त्रणमा

4915
Shares
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सांसद सवार गाडी नियन्त्रणमा

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरी सवार सरकारी गाडी नियन्त्रणमा लिइएको छ।

चौधरी सवार सरकारी गाडी गएराति कांग्रेस सम्बद्ध युवाले धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।

प्रदेश सांसद चौधरी सवार से १झ ३०७ नम्बरको गाडी शनिबार राति करिब ९ बजे नेपाली नियन्त्रणमा लिएका हुन्। गाडीमा एमालेको झण्डा समेत टाँगिएको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिएको बताएका छन्।

निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडी चुनावी प्रयोजनमा प्रयोग गरेको पाएपछि गाडी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको उनीहरूले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले गाडी बहुलिया प्रहरी चौकीमा राखिएको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

 

4915
Shares

ट्रेन्डिङ