सबैको समाचार
आइतवार, अशोज १८, २०८३

बाढीले स्काभेटर बगायो

49490
Shares
बाढीले स्काभेटर बगायो

म्याग्दी: रघुगंगा नदीमा भीषण वर्षासँगै आएको बाढीले स्काभेटर बगाएको छ। बाढीले राहुघाट जलविद्युत आयोजनाको ड्याम साइडमा काम गरेर नदी किनारमा पार्किङ गरिराखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो।

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँध रघुगंगा–४ मा निर्माणधीन अवस्थामा छ।

मुक्तिनाथ बगैँचा निर्माण सेवाको ग १ क ५३३८ नम्बरको होन्डाई स्काभेटर नदीले बगाएर करिब २० मिटर तल पुर्‍याउँदा स्काभेटरको महत्वपूर्ण पाटपूर्जा र मेसिनमा ठूलो क्षति भएको कम्पनीका सञ्चालक श्यामनन्द शर्माले जानकारी दिए।

पार्किङका लागि बनाइएको ठाउँमा लगाएको ग्याबिन जालीसँगै नदीमा आएको बाढीले डोजर बगाएको हो।

49490
Shares

ट्रेन्डिङ