सबैको समाचार
शनिबार, साउन १६, २०८३
  • होमपेज
  • निवर्तमान अर्थमन्त्री शर्मामाथि मंगलबारदेखि छानबिन सुरु हुने

निवर्तमान अर्थमन्त्री शर्मामाथि मंगलबारदेखि छानबिन सुरु हुने

3685
Shares
निवर्तमान अर्थमन्त्री शर्मामाथि मंगलबारदेखि छानबिन सुरु हुने

करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको छ ।

प्रश्न उठेपछि २२ असार २०७९ मा प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति ९छानबिन समिति० गठन गरेको थियो । उक्त समितिलाई कार्य प्रारम्भ गरेको १० दिने समय दिइएको छ ।

शुक्रबार ९२४ असार २०७९० मा सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवन नयाँ बानेश्वरमा सहजीकरण बैठक राखेका थिए । उक्त बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ ।

सहजीकरण बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने तय गरेको हो । संसद सचिवालयका अनुसार मंगलबार बस्ने पहिलो बैठकले समितिको संयोजक तय गर्नेछ । सोही दिन कार्यविधिसमेत बनाएर समितिले आफ्नो कार्य थालनी गर्नेछ ।

 

3685
Shares

ट्रेन्डिङ