सबैको समाचार
मङ्लबार, असार ३०, २०८३

कस्तो रहला आजको मौसम ?

2665
Shares
कस्तो रहला आजको मौसम ?

काठमाडौं, ३ असोज : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया सफा छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको संभावना पनि रहेको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा सामान्यतया बदली रही दिउँसो क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। पानी कम परेका कारण उपत्यकासहित देशभरको तापक्रम बढेको छ।

मौसमविद् कँडेलका अनुसार सेप्टेम्बर महिनामा उपत्यकाको औसत तापक्रम २८ डिग्री सेल्सियसको हाराहारीमा रहेकामा केही दिनयता ३० देखि ३१ डिग्री पुगेको छ।

2665
Shares

ट्रेन्डिङ