सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • संविधान दिवसको अवसरमा नमोबुद्धमा सरसफाई र दीप प्रज्वलन

संविधान दिवसको अवसरमा नमोबुद्धमा सरसफाई र दीप प्रज्वलन

2175
Shares
संविधान दिवसको अवसरमा नमोबुद्धमा सरसफाई र दीप प्रज्वलन

काभ्रे। संविधान दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले दीप प्रज्वलन तथा सरसफाई गरेको छ । नमोबुद्ध चैत्य परिसर र भकुण्डेवेशीमा छुट्टाछुट्टै कार्यक्रम गरी दीप प्रज्वलन गरिएको हो ।

विश्व शान्ती दिवसको अवसर पारेर काभ्रे सेवा समाज र जिल्ला समन्वय समितिले असोज ६ गते आयोजना गरेको विश्व साँस्कृतिक पदयात्राको पुर्वसन्ध्यामा बुधबार नमोबुद्धमा सरसफाई समेत गरिएको छ ।

नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता टिकाबहादुर केसी, वडाअध्यक्षहरु प्रेमबहादुर तामाङ, कविराज श्रेष्ठ, रमेश तिवारी, अर्जुन कार्की, धर्मसिं लामा, रामकृष्ण उपाध्याय, कृष्णबहादुर तामाङ लगायत कार्यपालिका सदस्य, नेपाली सेनाको २६ नं बाहिनीबाट नेपाली सेना, नगरपालिका कर्मचारी र स्थानीय समेतको सहभागितामा नमोबुद्ध नगरपालिकाको सिमाना फेदीदेखि नमोबुद्ध चैत्य परिसर सरसफाई गरिएको हो । बिहिबार पनि सरसफाइ कार्यलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।

नमोबुद्ध लगायतका पर्यटकीय क्षेत्रको प्रचार प्रसारको उद्धेश्यले आयोजित पदयात्राका सहभागीलाई स्वागत गर्न नमोबुद्ध नगरपालिकाले विभिन्न तयारी गरेको छ ।

2175
Shares

ट्रेन्डिङ