सबैको समाचार
बिहिबार, असार १९, २०८२
  • होमपेज
  • गौशाला घटना : घाइतेको पहिचान खुल्यो, घटनास्थलमा भेटियो पेस्तोल र चक्कु

गौशाला घटना : घाइतेको पहिचान खुल्यो, घटनास्थलमा भेटियो पेस्तोल र चक्कु

252225
Shares
गौशाला घटना : घाइतेको पहिचान खुल्यो, घटनास्थलमा भेटियो पेस्तोल र चक्कु

काठमाडौं, १५ असोज : गौशालामा घटनामा घाइते भएका व्यक्तिको पहिचान खुलेको छ। घाइते हुनेमा पिके डायगोनिस्टिक सेन्टर प्रालिका सञ्चालक साबिर हुसेन रहेको खुलेको छ।

उनीमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु छाडेर अभियुक्त फरार भएका थिए। प्रहरीले घटनास्थलबाट चक्कु र पेस्तोल बरामद गरेको छ।

गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै हुसेनमाथि आक्रमण भएको थियो। घटनास्थलबाट पेस्तोल चक्कु बरामद भएपछि उनीमाथि केले आक्रमण गरियो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट घाइते भएका हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। हुसेन बाराको कलैया नगरपालिका- २१ घर भई कोटेश्वर बस्दै आएका थिए। अन्दाजी ३८ वर्षका हुसेनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको पाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

हुसेनमाथि आक्रमण गर्नेले कालो सर्ट, कालो पाइन्ट, सर्टको बाहुला च्यातिएको कपडा लगाएको तराई मुलको जस्तो देखिने व्यक्ति रहेको प्रहरीले जनाएको छ।

252225
Shares

ट्रेन्डिङ