सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्त्रीकी छोरीले दरबारमार्गमा हंगामा

मन्त्रीकी छोरीले दरबारमार्गमा हंगामा

2565
Shares
मन्त्रीकी छोरीले दरबारमार्गमा हंगामा

काठमाडौं, कात्तिक २१ । सस्तोमा किनेर महंगोमा सामान बिक्रि गरेको आरोपमा प्रहरीले दरबारमार्ग क्षेत्रका ब्रान्डेड पसलका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा केहि रोचक तथ्य फेला परेका छन् ।

उक्त प्रकरणको सुरुवात तत्कालीन आपूर्तिमन्त्री तथा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलको छोरीबाट सुरुवात भएको रहेछ । उनकी छोरी जुत्ता किन्न दरबारमार्गस्थित बेन्टले पुगेकी रहिछिन् । उनीले त्यहाँको सबैभन्दा महंगो जुत्ता रोजिन् । आखिर मन्त्रीका छोरी न परिन् । सस्तोमा आँखा कहाँ जान्थ्यो र ? उनले रोजेको जुत्ताको मोल सोध्दा २८ हजार रुपैयाँ भन्यो ।

उक्त जुत्ता किन्न उनले बुबासँग पैसा मागिन् । त्यसपछि मण्डल जुत्ताको मूल्य सुनेर अचम्ममा परे । ब्राण्डेड जुत्ताको मूल्य उनलाई थाहा थिएन । सोहि कारण दरबारमार्गमा साह्रौ महंगो ठानेर उनले आफै आएर छापा हानेको रहस्य खुलेको छ ।महानगरिय प्रहरी परिसर काठमाडौंले मंगलवार ८ वटा पसलका १० जना प्रबन्धकलाई हिरासतमा राखि अनुसन्धान गरिरहेको छ ।
-दृष्टि साप्ताहिक

2565
Shares

ट्रेन्डिङ