सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • प्रेमीकाले हालेको १४५ मिलियन युरोको कानूनी मुद्दा खारेज

प्रेमीकाले हालेको १४५ मिलियन युरोको कानूनी मुद्दा खारेज

1215
Shares
प्रेमीकाले हालेको १४५ मिलियन युरोको कानूनी मुद्दा खारेज

लन्डन । लण्डनको एक अदालतले स्पेनका पूर्वराजाका पूर्व प्रेमीकाले लगाएको आरोप खारेज गरेका छ ।

स्पेनका राजा पुर्व राजाका प्रेमिकाले जुआन कार्लोसबिरुद्धको १४५ मिलियन युरो क्षतिपुर्तिसहित पाउनु पर्ने भन्दै हालको कानूनी मुद्दा खारेज गरेको हो ।

डेनिस व्यवसायी कोरिना जु सेन–विटगेनस्टेन– सेनले जुआन कार्लोसले सन २०१२ मा उनीहरूको सम्बन्ध बिग्रिएपछि उनको विरुद्ध उत्पीडनको अभियान चलाएको आरोप लगाएकी थिइन्।

उनले आरोप लगाइन्, जासुसी र ब्रेक इन्स सहित उनले लाखौं पाउन्डको उपहार फिर्ता गर्न अस्वीकार गरेपछि यो बिबाद सुरु भएको हो । जुआन कार्लोसले भने सो आरोपलाई सुरु देखी नै अस्वीकार गर्दै आएका छन ।

शुक्रबार एक न्यायाधीशले इङ्गल्याण्ड र वेल्सको उच्च अदालतको यस मुद्दामा कुनै अधिकार क्षेत्र नभएको जनाएका छ । अदालतले सो आरोपको सान्दर्भिकतामा कुनै निर्णय गरेनन्।

न्ययाधीश रोवेना कोलिन्स राइसले भनिन्, ‘जु सेन विटगेनस्टेन ( एक बेलायती नागरिक) उनले गुनासो गरेको ‘हानिकारक घटना’ र प्रतिवादीले गरेको उत्पीडन इङ्गल्याण्डमा भएको थियो भनेर पर्याप्त रूपमा स्थापित गर्न सकेको छैन्।’

८५ वर्षीय पूर्व सम्राटका प्रवक्ताले शुक्रबारको फैसलालाई आश्चर्यजनक रूपमा आफ्नो निर्दोषताको पुष्टि गरेको र यसले अझ सार्वजनिक उपस्थितिका लागि आवश्यक सर्तहरू पुनः स्थापित गरेको बताए।

सन २०२० मा उत्पीडनको मुद्दा दायर गर्ने जु सेन विट्टगेनस्टेन सेनले भनिन् कि उनी यस निर्णयबाट गहिरो निराशामा परेकी छिन । उत्पीडनका पीडितहरूले हाम्रो कानुनी प्रणालीमा न्याय पाउनको लागि अक्सर संघर्ष गरिरहेको देख्दा निराशाजनक हुनु परेको प्रतिक्रिया दिएकी छिन ।

सो निर्णय हुनु अघि बेलायतका न्यायाधीशहरूले गत डिसेम्बरमा फैसला सुनाएका थिए कि उनले सार्वभौमको रूपमा उन्मुक्ति पाएकाले राजाको रूपमा सेवा गरेको समयसँग सम्बन्धित आरोपमा उनले पूर्व राजालाई मुद्दा हाल्न सक्दैनन्।

1215
Shares

ट्रेन्डिङ